Aamsanchar

करातेमा एरिका गुरूङले जितिन् ऐतिहासिक रजत पदक

Author Image
शनिवार, असोज २०, २०८०

हान्झाउ – चीनको हान्झाउमा चलिरहेको एसियाली खेलकुदको करातेमा एरिका गुरूङले ऐतिहासिक रजत पदक जितेकी छिन् ।६८ केजी तौल समूहको फाइनलमा काजकिस्तानकी सोफ्या बेरुल्तसेभासँग ३-० ले पराजित भएपछि उनी रजतमा रोकिएकी हुन् ।

यसअघि सेमिफाइनलमा उनले हङकङकी यान काई होलाई ८-४ ले हराउँदै उनी फाइनलमा पुगेकी थिइन् । उनले क्वार्टरफाइनलमा जापानकी खेलाडी एजुकी सबाइलाई सेन्सुको आधारमा हराएकी थिइन् । दुवैको समान १-१ अ‌ंक भए पनि पहिलो अंक पाएको आधारमा एरिका सेमिफाइनलमा पुगेकी थिइन् ।

एरिकाले नेपालका लागि जारी एसियाली खेलकुदमा दोस्रो पदक जितेकी हुन् । यसअघि नेपालले कबड्डीमा कास्य पदक जितेको थियो ।

एसियाडकै इतिहासमा भने नेपाललाई उनले करातेमा पहिलो रजत तथा समग्रमा तेस्रो रजत पदक जिताएकी हुन् ।

नेपालका लागि सन् १९९८ मा बैंककमा भएको १३औं एसियन गेम्समा तेक्वान्दोकी सविता राजभण्डारीले पहिलो पटक रजत दिलाएकी थिइन् । यस्तै पछिल्लो पटक २०१८ मा इन्डोनेसियामा भएको १८औं एसियन गेम्समा प्याराग्लाइडिङ टिमले रजत पदक जितेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर