Aamsanchar

दशैंका लागि अग्रिम टिकट बुकिङ खुला

Author Image
सोमवार, असोज २२, २०८०

काठमाडौं –दशैंका लागि सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलपश्चात् सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

हरेक वर्ष दसैं, तिहारका अवसरमा काठमाडौंबाट लाखौं यात्रु बाहिरिने गरेका छन् । आवागमनलाई सहज बनाउन बुकिङका लागि सबै व्यवस्थापन गरी खुला गरिएको जनाइएको छ ।

यस अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाखसम्म यात्रु बाहिरिने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर