

काठमाडौँ –त्रिभुवन विमानस्थलबाट ५१० ग्राम सुन बरामद गरिएको छ । उक्त सुन मलेसियाबाट मलेसियन एयरलाइन्समा आएका सिन्धुलीका नवराज धामीले ल्याएका हुन् ।

सोमबार दिउँसो ५१० ग्राम सुनसहित धामीलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा पक्राउ गरिएको त्रिवि भन्सार प्रमुख डा. टोकराज पाण्डेले बताए ।

पाण्डेका अनुसार उनीमाथि शंका लागि चेकजाँच गर्दा टीभीभित्र लुकाई छिपाई काचो सुन ल्याएको पाइएको हो । सोबारेमा अनुसन्धान जारी रहेको उनले बताए ।

Views: 46

