

सर्लाही –सर्लाहीमा जङ्गली हात्तीको आक्रमणमा परि एक जनाको ज्यान गएको छ ।

रामेछाप लिखुतामाकोशी घर भइ सर्लाहीको हरिवन नगरपालिका-७ टाइवान बस्ने १८ वर्षीय शिवप्रसाद दाहालको आज बिहान हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

जानकीनगरको जङ्गलमा बिहान घाँस दाउरा लिन गएको बेला उहाँलाई हात्तीले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको सब डिभिजन वन कार्यालय जानकीनगरका सहायक वन अधिकृत विनयकुमार साहले जानकारी दिनुभयो ।

Views: 29

