Aamsanchar

अरिङ्गालले चिलेर तीन महिला बिरामी

Author Image
बुधवार, असोज २४, २०८०

दैलेख –दैलेखमा आज बिहान दाउरा काट्न गएका महाबु गाउँपालिका–१ खरिगैराका तीन जना महिलालाई अरिङ्गालले चिलेको छ ।

लोसे सामुदायिक वनमा दाउरा काट्न गएका २५ वर्षीया मञ्जु सुनार, २४ वर्षीया सुनिता सुनार र २९ वर्षीया गङ्गा सुनारलाई अरिङ्गालले चिलेको हो । बिरामी उनीहरुको दैलेख अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

 

Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर