Aamsanchar

पोथी गैंडा मृत फेला

Author Image
बुधवार, असोज २४, २०८०

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला परेको छ। निकुञ्जको पश्चिम क्षेत्रको खोरिया मुहानमा २५ वर्षको पोथी गैंडा मृत भेटिएको निकुञ्जका सुचना अधिकारी गणेश तिवारीले बताए।

भालेको आक्रमणबाट गैंडा मरेको आशंका गरिएको छ। गैंडाको पोस्टमार्टम गरेर गाडिएको छ।

गैंडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ। २१ गते साँझ निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको खड्ग दलको संयुक्त गस्तीको क्रममा मरेको गैंडा फेला परेको हो।

योसहित यस वर्ष निकुञ्जमा मर्ने गैडाको संख्या पाँच पुगेको छ। यी मध्ये एउटा चोरी शिकारीबाट मारिएको आशंका गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर