गत जेठ २२ गते देखि २८ गते सम्म पहिलो चरणको फूलखेती तालिम सञ्चालन गरेर तालिममा सहभागी ४२ जना कृषकहरूलाई फूलको व्यु र कृषि सामाग्रीहरू उपलब्ध गराइएको थियो । कृषकहरूले फूल उत्पादन गर्न थालेका छन् । उत्पादित फूलको बजारीकरणको लागि उपमहानगरले सहजीकरण गरिरहेको छ । कृषकले उत्पादन गरेको सबै फूल उपमहानगरपालिकाले खरिद गरिदिन्छ । धनगढी उपमहानगरले नै बजार खोज्छ र बिक्री गर्छ । बिक्री नभए पनि कृषकले पाउने रकम उपमहानगरपालिकाको कृषकलाई उपलब्ध गराउने मेयर गोपाल हमालले आमसंचारलाई जानकारी दिए ।
मेयर हमालले भने ‘विभिन्न कार्यक्रममा प्लास्टिकका फूलहरू प्रयोग गर्दा वातावरणीय हिसाबले प्रतिकुल हुने र नेपाली अर्थ विदेशिने, स्वदेशमै रोजगारीको अवसर पनि हुने भएकाले धनगढीलाई फूल उत्पादनको अव बनाउने लक्ष्य रहेको छ । विभिन्न समारोहलगायतका कार्यक्रममा फूल सजाउने काममा धेरै विदेशी श्रमिकहरू ल्याउने गरिएको छ । अब धनगढीमा सजावटको काम गर्ने स्थानीय कालिगढ तयार पार्ने उद्देश्यले असोज २१ गते देखि २६ गते सम्म दोस्रो चरणको तालिम सञ्चालन भइरहेको छ ।
यस वर्ष धनगढी उपमहानगरपालिका भित्र करिव २० बिघा क्षेत्रफलमा फूल खेती भएको जनाइएको छ ।