Aamsanchar

बझाङमा ५.२ म्याग्निच्युडको भूकम्प

Author Image
बिहिवार, असोज २५, २०८०

काठमाडौं – बझाङमा गएराति भूकम्प गएको छ । १२ बजेर २२ मिनेटमा बझाङ सदरमुकाम चैनपुरबाट ५.३ किलोमिटर टाढा भातेखोला केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

असोज १६ गते बझाङ केन्द्र बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले घर भत्काउँदा एक महिलाको मृत्यु भएको थियो । २० जना घाइते भएका थिए । भौतिक संरचनामा क्षति पुगेको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर