Aamsanchar

यू–१९ प्रिमियर कप : इरानविरूद्ध नेपालका कप्तान देव खनालकाे शतक

Author Image
बिहिवार, असोज २५, २०८०

काठमाडौं – एसीसी पुरुष यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपाल र इरानबीचको खेल जारी छ। मलेसियाको बान्गीमा इरानसँग टस हारेको नेपालले ब्याटिङ गरिरहेको छ।

खेलमा नेपालका कप्तान देव खनालले शतक पूरा गरेका छन्। उनले ५९ बलमा १२ चौका र ४ छक्काको मद्दतमा शतक पूरा गरेका हुन्। उनी शतक पूरा गरेर आउट भए।

दिपक बोहोराले अर्थशतक पूरा गरे। उनी ६५ रन बनाएर पेभिलिएन फर्किए। खराब सुरुवात गरेको नेपालका लागि कप्तान खनाल र बोहोराले उत्कृष्ट साझेदारी गरे। उनीहरुले ९८ बलमा १६६ रनको साझेदारी गरे।

१० रन हुँदा २ विकेट गुमाएको नेपालको तेस्रो विकेट १७६ रनमा गुम्यो। चौथो विकेट नेपालले १८५ रन हुँदा बोहोरालाई गुमायो । क्रिजमा अहिले दिपेश कंडेल छन्।

१६ टोली सहभागी प्रतियोगिताको उत्कृष्ट तीन टोली एसिया कपको लागि छनोट हुनेछन्। प्रशिक्षक जगत टमटाले उपाधि जितेर घर फर्कने बताएका छन्।

 

 

Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर