Aamsanchar

गौमाता रक्षार्थ महायज्ञमा करोड दीप प्रज्वलन गरिने

Author Image
बिहिवार, असोज २५, २०८०

प्रतिकात्मक फयाल तस्वीर गुगबाट ।

दाङ । गौमाता रक्षार्थ आयोजना गरिएको महायज्ञ एवं दशैँ धार्मिक महोत्सवमा करोड दीप प्रज्वलन गरिने भएको छ । श्री योगी आदित्यनाथ फाउण्डेसनको आयोजनामा असोज २८ देखी कार्तिक ५ गतेसम्म घोराहीको कर्मचारी मिलन केन्द्रमा हुने ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्चआरती धार्मिक दशैँ महोत्सव’ मा करोड दीप प्रज्वलन हुने आयोजक मूल समितिका संयोजक एवं श्री योगी आदित्यनाथ फाउण्डेसनका अध्यक्ष भरतनाथ योगीले जानकारी दिनुभयो ।

समाजमा राष्ट्रिय एवं धार्मिक जनावर गाईको महत्व थप स्थापित गर्ने एवं श्री योगी आदित्यनाथ फाउण्डेसनले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा सञ्चालन गरेको गौशाला व्यवस्थापन एवं गो वंश (गाई, गोरु,बाच्छा, बाच्छी ) को दाना, आहारा तथा गोठ व्यवस्थापन गर्ने उद्देश्यसाथ आयोजना गरिएको महायज्ञमा एक करोड दीप प्रज्वलन गरिने आयोजक मूल समितिका संयोजक योगीले जानकारी दिनुभयो । भक्तजनहरूको सहभागितामा करोड दीप प्रज्वलन गरिने उहाँले जानकारी दिनुभयो ।

विजयादशमी २०८० को अवसरमा आयोजना गरिएको ‘श्रीमद्भागवत एवं शतचण्डी श्रीङ्खारिक पञ्च आरती धार्मिक दशै महोत्सव’ को वाचकमा अन्तराष्ट्रिय स्वर्ण पदकबाट बिभूषण प। अमृतशरण देवाचार्य रहनुभएको छ  । अन्य   फरक उद्देश्यले आयोजना गरिएकाले यस यज्ञलाई सफल बनाउनका लागिसबैजना आ–आफ्नो स्थानबाट लागिपर्न आयोजक मूल समितिले  अनुरोध गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर