Aamsanchar

सौर्य उर्जाको करेन्ट लागेर २८ वर्षीय विकल्पकाे मृत्यु

Author Image
शुक्रवार, असोज २६, २०८०


चितवन – जनावरलाई छेक्न जडान गरिएको सौर्य उर्जाको करेन्ट लागेर माडीमा एक जनाको मृत्यु भएको छ । बिहीबार साँझ साढे ६ बजे करेन्ट लागि माडी नगरपालिका ९ कृष्णनगरका २८ वर्षीय विकल्प सुवेदिको मृत्यु भएको हो ।

आफ्नै घर नजिकै रहेको बारीमा घाँस काटने क्रममा जनावरलाई छेक्नको लागि लगाएको सोलारबाट जडान गरिएको एल्मोनियम तारबाट करेन्ट लागेको चितवन प्रहरी प्रवक्ता डिएसपी विजय पण्डितले बताए ।

करेन्ट लागेपछि अचेत भएको र उपचारको लागि लगिएको बघौडा अस्पताल लगिएको थियो। सोही अस्पतालमा नै उनको मृत्यु भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर