

काठमाडौं – युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई मातृशोक परेको छ।उनकी आमा हंशनुमा लिम्बूको शुक्रवार बिहान ५ बजे मोरङको लेटाङ–६ गुवाबारीमा ९९ वर्षको उमेरमा मृत्यु भएको हो।

सात छोरा र पाँच छोरी रहेकी उनी कान्छा छोरा मन्त्री लिम्बूसँगै बस्दै आएकी थिइन्।

हंशनुमाको शुक्रवार दिउँसो आफ्नै जातीय परम्परा अनुसार अन्त्येष्टि गरिने भएको छ ।

Views: 100

