Aamsanchar

कार्वाहीमा परे तोकिएभन्दा बढी भाडा उठाउने सुमो चालक तथा सञ्चालक

Author Image
आइतवार, असोज २८, २०८०

खोटाङ – जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले तोकिएभन्दा बढी भाडा उठाउने चार सुमो चालक तथा सञ्चालकलाई कारबाही गरेको छ ।

दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर शुरु गरिएको विशेष सवारी जाँच अभियानका क्रममा यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाउने सुमोलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाएको पाइएपछि काठमाण्डौबाट यात्रु लिएर खोटाङ आउँदै गरेको ना १ ज ३३९३, ना १ ज ४४८३, प्रदेश–२–०३०१ ज ००११ र ना १ ज ५६५९ नम्बरको सुमो चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक हिमाल पौडेलले बताउनु भयो ।

दिक्तेल–काठमाण्डौ तथा काठमाण्डौ–दिक्तेलको एकतर्फी भाडा दुई हजार १० रुपैयाँ निर्धारण गरिएको भए पनि सुमो चालक तथा सञ्चालकले दुई हजार २०० देखि तीन हजार ५०० सम्म बढी भाडा लिएको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । ना १ ज ५६५९ नम्बरको सुमोले सबैभन्दा बढी निर्धारित भाडा दरमा एक हजार ४९० रुपैयाँ बढी भाडा लिएको यात्रुको गुनासो छ ।

अभियान शुरु गरेको दुई दिनमै चार वटै सुमोलाई कारबाही स्वरुप आउँदो दिनमा गल्ती नदोहोर्याउने सर्तमा तीनरतीन हजार जरिबाना गरेर छाडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी सहायक निरीक्षक पौडेलले बताउनु भयो ।

सुमो चालकले यात्रुबाट निर्धारण गरिएकोभन्दा झण्डै दोब्बर बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले असोज २६ गतेदेखि विशेष सवारी जाँच अभियान शुरु गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर