Aamsanchar

चारपानेमा फ्याक्ट्रीसहित शुष्मा काष्ठ फर्निचर सञ्चालनमा

Author Image
आइतवार, असोज २८, २०८०

चारपाने । झापाको बिर्तामोड–२ स्थित चारपानेमा शुष्मा काष्ठ फर्निचर सञ्चालनमा आएको छ । वडादशैंको घटस्थापनाका अवसर पारेर आइतवार (आज) देखि फर्निचर सञ्चालनमा आएको हो । फर्निचरको उद्घाटन बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाईले गरेकी हुन् ।

६० लाखबढी रुपैयाँको लगानीमा रामचोकमा फर्निचर फ्याक्ट्रीसहित चारपानेमा फर्निचर पसल युवा सन्दिप राजवंशीले सञ्चालनमा ल्याएका हुन् ।

उक्त फर्निचरमा २ लाख ७० हजार रुपैयाँसहितका फर्निचरका सामाग्री रहेको सञ्चालक राजवंशीले जानकारी दिए । ‘एकचोटी किनेपछि जीवनभर ढुक्क’ भन्ने नाराका साथ फर्निचर स्थापना गरेको सञ्चालक तथा सन्दिपका पिता सन्तोष राजवंशीले बताए । सञ्चालक सन्दिपको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पनि उनैले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रसाईले शुभकामना मन्तव्य राखेकी थिइन भने कार्यक्रमको सञ्चालन शुष्मा काष्ठ फर्निचरका मेनेजर राजिव न्यौपानेले गरेका थिए । फर्निचरमा बेड, सोफा, ड्रेसिङ टेवल, डाइनिङ टेवल, अफिस र्याक्क, मन्दिरलगायतका फर्निचर सम्बन्धी सम्पूर्ण सामाग्री उपलब्ध रहेको सन्दिपले बताएका छन् । फर्निचरमा २० जनाले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ ।

सोही कार्यक्रमकाबिच फर्निचरका कर्मचारी टंक धिमाल, गणेश सरकार, अर्जुनकुमार चौधरी, सुमन वर्मन र कुमार लिम्बुलाई सम्मानसमेत गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर