Aamsanchar

परीक्षणका रुपमा सोलुखुम्बुमा लगाइएको स्याउ खेती सफल

Author Image
शुक्रवार, कार्तिक ३, २०८०

ओखलढुंंगा – सोलुखुम्बुको पत्तालेमा दुई वर्षअघि परीक्षणका रुपमा लगाइएको स्याउ खेती सफल भएको छ ।

एक सय ६५ रोपनी क्षेत्रमा लगाइएको स्याउ खेतीबाट उत्पादन समेत सुरु भएको छ । विभिन्न पेशा–व्यवसायमा आवद्ध सात जना लगानीकर्ता मिलेर लगाइएको स्याउ खेती एक सय ६५ रोपनी क्षेत्रफलमा फैलिएको छ । २ हजार ८ सय मिटर उँचाइमा रहेको पत्तालेमा २० हजार स्याउका बोट लगाइएको छ । ती बोटहरुले अहिले उत्पादन दिएको हो । परीक्षणका लागि सुरु गरिएको स्याउ खेतीबाट यस वर्षदेखि आम्दानी हुन थालेको छ ।

यहाँ गोल्डेन, गाला, रेड डेलिसेस, गोल्डेन डेलिसेस, जोना प्रिन्स फुजीलगायतका जातका स्याउका बिरुवा लगाइएको छ । त्यसमध्ये जोना प्रिन्स जातको उत्पादन बढी भएको छ ।

यहाँको चिसो मौसममा फलेको स्याउ गुणस्तरीय र स्वादिलो समेत रहेको स्थानीय बताउँछन् । यसवर्ष स्याउ फार्ममा ४० लाख बराबरको २० मेट्रिक टन स्याउ फलेको एभरेष्ट एग्रो रिसर्च एण्ड टुरिजम डेभ्लप्मेन्ट प्रालिका अध्यक्ष कृष्ण केसीले बताउनुभयो ।

स्याउ खेतीका लागि पूर्वाधार संरचनामा पाँच करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । त्यसमध्ये १ करोड ५ लाख रकम प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले समेत लगानी गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर