Aamsanchar

इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत ‘शोक’ सार्वजनिक

Author Image
शुक्रवार, कार्तिक ३, २०८०

काठमाडौँ ।  इजरायलमा मृत्यु भएका नेपालीहरू प्रति समर्पित गीत  ‘शोक’ सार्वजनिक भएको छ । समीक्षा अधिकारीको स्वर, सुरेशचन्द्र दाहाल एवं भरत गुरागाईँ बर्बरीकको शब्द तथा राजन क्षेत्रीको सङ्गीत  रहेको उक्त गीत पूर्वेली इन्टरटेनमेन्ट यूटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । नेपालीहरूको बिदेसिने बाध्यता र भोग्नु परेको पीडालाई गीतमा उठान गरेको पाइन्छ । 

विनोद बाजुरालीको एरेन्ज रहेको गीतमा गुरागाईँ बर्बरीक, मेनुका माझी तथा वसन्त बस्नेको सशक्त अभिनय रहेको पाइन्छ ।  गीत पूर्वका विभिन्न स्थानहरूमा छायाङ्कन गरिएको छ । वसन्त बस्नेत तथा सुरेशचन्द्र दाहालको निर्देशन, विशाल श्रेष्ठको छायाङ्कन, सम्पादन रहेको गीतमा वाल कलाकारहरूको उत्कृष्ट अभिनय रहेको पाइन्छ ।

भिडियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 76

प्रतिक्रिया (०)

सम्बन्धित खबर