

सोलुखुम्बु – सोलुखुम्बुमा भालुको आक्रमणबाट एक बालिका घाइते भएकी छिन् । भालुको आक्रमणबाट माप्यदूधकोशी गाउँपालिका-५ की १३ वर्षीय एन्जल पुडासैनी घाइते भएकी हुन् ।

उनको टाउको, ढाड, कुम, तिघ्रालगायत शरीरका ९ ठाउँमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उनको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको अस्पतालका प्रमुख डाक्टर प्रशान्त शाहले बताउनुभयो ।

माप्य दूधकोशी गाउँपालिका-५ को रामपुर माविमा कक्षा ८ मा अध्यनरत पुडासैनीलाई काकु माविमा ट्युसन जाने क्रममा भालुले आक्रमण गरेको बालिकाका बुबा एकराज पुडासैनीले बताउनुभयो ।


Views: 108

