

काठमाडौँ –काठमाडौँको मैतीदेवीस्थित डान्सबाट प्रहरीले ९ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–२९ मैतीदेवीस्थित गजित विष्टको डान्स फिवरमा जुवातास खेलिरहेको अवस्थामा आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।पक्राउ पर्नेमा भोजपुरको पात्लेपानी घर भएका ४५ वर्षीय गणेश विष्ट सहित ९ जना छन् । प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले जुवा खालबाट १ लाख ९० हजार ९ सय नगद र तास बरामद गरेको छ ।
Views: 49

