Aamsanchar

तिहारलाई लक्षित गरेर राष्ट्र बैंकले१९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बेच्ने

Author Image
बुधवार, कार्तिक १५, २०८०

काठमाण्डौ – तिहारलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले यही कात्तिकको १९ गतेदेखि सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले आज बुधवार सूचना निकालेर १९ गतेदेखि २४ गतेसम्म टक्सार महाशाखाबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री गर्ने जनाएको हो । सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउनेछन् । एक सेट सुनका असर्फीमा १० ग्राम, पाँच ग्राम र साढे दुई ग्रामका सिक्का हुन्छन् ।

यस्तै चाँदीका सिक्काको सेटमा गाई अङ्कित २५ ग्राम र १० ग्रामका सिक्का, लक्ष्मी, गणेश र लक्ष्मी गणेश अङ्कित १०र१० ग्रामका सिक्का हुनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ बढ्यो
शुक्रवार, मंसिर ७, २०८१
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१