Aamsanchar

मेचीनगरमा अवैध कपडा बरामद

Author Image
बुधवार, कार्तिक १५, २०८०

झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका -५ स्थित राजवंशी टोलबाट अवैध भन्सार छलीका रेडिमेड कपडाहरू प्रहरीले बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व विशेष सुरक्षा योजना अनुसार हिजो राती ८ बजे इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले भन्सार छली गरी नेपाल तर्फ ल्याउँदै गरेको उलनको सर्ट ९३ पिस, जम्पर ११७ पिस र फुल भेस्ट १४ पिस बरामद गरेको हो । 

बरामद भएका करिव ४ लाख ५० हजार मूल्य बराबरको रेडिमेड कपडाहरू आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर