Aamsanchar

कोइला खरिद गर्न नसकेको भन्दै हेटौँडा सिमेन्ट उद्योगको उत्पादन बन्द

Author Image
बुधवार, कार्तिक १५, २०८०

हेटौँडा । कोइला खरिद गर्न नसक्दा हेटौँडा सिमेन्ट उद्योगको सोमबारदेखि उत्पादन बन्द भएको छ । उद्योगमा मासिक तीन हजार मेक्ट्रिक कोइला आवश्यक भए पनि आर्थिक अभावका कारण कोइला खरिद गर्न नसक्दा सिमेन्टको उत्पादन बन्द भएको हो ।

आर्थिक समस्याले आवश्यक कच्चा पदार्थ खरिद गर्न सकिएन, दुई दिन देखि उत्पादन बन्द भएको छ, उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले भन्नुभयो । आर्थिक सङ्कटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसकिएकाले सिमेन्ट उत्पादन बन्द गरिएको उहाँले बताउनुभयो ।

आर्थिक सङ्कटबारे अध्ययन गरेर प्रतिवेदन सङ्घीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याइने उहाँको भनाइ छ ।

चार दशक पुरानो उद्योगका मेसिन जीर्ण हुँदै गएकाले घाटापूर्ति गर्न र उद्योगलाई नाफामा लान नसकिने अवस्था रहेको उहाँको भनाइ छ । नयाँ मेसिन जडान नगरेसम्म सधैँ उद्योग बन्द र खुल्ने क्रम चलिरहने उद्योगका महाप्रबन्धक पाण्डेले बताउनुभयो । विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापित उद्योगले विसं २०४३ सालबाट व्यावसायिक रुपमा उत्पादन सुरुआत गरेको थियो । उद्योगमा १९० कर्मचारी कार्यरत छन् । श्रोत:गोरखापत्र

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्यो
बिहिवार, मंसिर ६, २०८१
आज सुनको मूल्य
बुधवार, मंसिर ५, २०८१