Aamsanchar

श्रम स्वीकृति लगायत नक्कली कागजात बनाउने पक्राउ

Author Image
बिहिवार, कार्तिक १६, २०८०

काठमाडौँ – श्रम स्वीकृति लगायत नक्कली कागजात बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भई हाल काठमाडौँ बस्ने २३ वर्षीय अजित फेवाली र २१ वर्षीय विपिन ढकाल रहेका छन् ।
भिजिट भिसामा विदेश जानका लागेका व्यक्तिहरू शङ्कास्पद रहेको भन्दै गत कार्तिक १२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको थियो । अनुसन्धानका क्रममा सुजल हेङ्गजुको नाममा श्रम स्वीकृति नक्कली पाइएको थियो ।
प्रहरीले यस क्रममा सोल्टिमोडमा रहेको वैदेशिक रोजगारसम्बन्धी काम गर्ने ट्राभल्सबाट फेवाली र ढकाललाई पक्राउ गरेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर