

सर्लाही – सर्लाहीको लालबन्दीमा आज बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक हरिवनका मुकेश कुमार गुप्ता र सुनिलकुमार गुप्ता रहेका छन् ।

दुबैलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
Views: 106

