Aamsanchar

वुमन्स् अल स्टार्स टी–२० सिरिजमा रुबिना र सीताले खेल्ने

Author Image
मङ्गलवार, कार्तिक २१, २०८०

काठमाडौं – हङकङमा आयोजना हुने वुमन्स् अल स्टार्स टी–२० सिरिजमा नेपालका दुई अनुभवी खेलाडी रुबिना क्षेत्री र सीता राना मगरले भाग लिने भएका छन् ।

यी दुई खेलाडीले यसअघि फेयरब्रेकमा समेत नेपालको प्रतिनिधित्व गर्दै आएका छन् । दुई टोलीबीच हुने वुमन्स् अल स्टार्स टी–२० सिरिज नोभेम्बर १० देखि सुरु हुनेछ ।

त्यसपछि नोभेम्बर १५ देखि २९ सम्म हङकङमै चार देश सम्मिलित हङकङ वुमेन्स टी–२० आई सिरिज हुने छ । जहाँ नेपालको राष्ट्रिय महिला टिमले भाग लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 89

प्रतिक्रिया (०)

सम्बन्धित खबर