Aamsanchar

बेवारिसे अवस्थामा नौ लाखका कपडा बरामद

Author Image
बिहिवार, कार्तिक २३, २०८०

बैतडी – भन्सार छली गरेर भारतबाट ल्याइएको करिब ९ लाख बराबरको सामान बरामद गरिएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जिल्लाको दशरथचन्द नगरपालिका ४ छेलाबाट ८ लाख ९७ हजार ७५० मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो।

बरामद गरिएका सामानहरूमा रेडिमेड कपडा, साडी सूटबेल्ट, ज्याकेट, थान कपडा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

उक्त सामान बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। बरामत गरिएको सामान महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर