

काठमाडौं – पाँच दिनको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको राष्ट्र बैंकले जनाएको छ । काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागले धनतेरसलाई लक्षित गरी गत आइतबारदेखि सुन–चाँदीका सिक्का बिक्री सुरु गरेको थियो ।

आइतबारदेखि बिहीबारसम्मको अवधिमा सुन र चाँदीका ४३ हजार थान सिक्का बिक्री भएको टक्सार विभाग प्रमुख थानेश्वर आचार्यले जानकारी दिए ।
Views: 103

