Aamsanchar

एक्सपर्टद्वारा भुकम्प पिडितलाई ५ लाख वरावरको राहत वितरण

Author Image
शनिवार, कार्तिक २५, २०८०

झापा  – हालै जाजरकोट केन्द्रविन्दु बनाएर गएको भुईचालोले जाजरकोट र रूकुम (पश्चिम) जिल्लामा ठुलो धनजनको क्षति भएको छ । भुकम्प पश्चात् त्यस क्षेत्रमा मानविय संकटको अवस्था सृजना भएको छ । विपदमम परेका घाईतेको उपचार, अस्थाई आवास, खाध्यान्न, औषधि र लत्ता कपडाको व्यवस्था गरिदिनुहुन स्थानिय सरकार र सरोकारवालाहरूले आव्हान गरिरहेका छन् ।

पिडीतहरूलाई तत्काल अत्यावश्यक सहयोगको आवश्ययकता छ । मानविय भावनाले ओतप्रोत हुँदै पिडामा रहेका परिवारहरूको पीडा केही कम गर्ने उध्येश्यका साथ एक्सपर्ट फाउन्डेसनले रूकुम (पश्चिम)को अति प्रभावित आठविषकोट नगरपालिका वार्ड नम्वर १३ र १४ मा ४६२ थान कम्वल वितरण गरेको छ । वितरणमा वार्ड नम्वर १४ का वार्ड अध्यक्ष हुकुम बहादुर पुन, नगरपालिकाका प्रतिनिधि, स्थानिय बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधि तथा राजनैतिक दलहरूका प्रतिनिधिहरूको उपस्थिति थियो । राहत सामग्री वितरण गरेकोमा फाउन्डेसनलाई नगर प्रमुख श्री रवि केसी र निमित्त प्रमुख कार्यकारी अधिकृत श्री ईन्द्र बहादुर बिष्टले धन्यवाद ज्ञापन गर्नु भएको छ ।

सामग्रि प्रदान गर्दै फाउन्डेसनका प्रतिनिधि श्री विकास ज्ञवालीले मानविय सङ्कटमा सहयोग गर्नु सवैको कर्तव्य रहेको बाताउदै सामग्री प्रदान गर्ने फाउन्डेसनका सम्पुर्ण सदस्य तथा शुभचिन्तकहरूमा धन्यवाद ज्ञापन गर्नु भएको छ ।

एक्सपर्ट एजुकेशन तथा भिजा सर्भिसेजको गैरनाफामुलक सामाजिक संस्था एक्सपर्ट फाउन्डेसनले विपद्को घडीमा समस्यामा परेका नागरिकहरूलाई विभिन्न सहयोगहरू गर्दै आएको छ । यस संथाले सन् २०१५ को भुकम्पले क्षतिग्रस्त विध्यालयको पुनर्निर्माण, बाढी पिडितलाई राहत वितरण, कोभिडमा अक्सिजन कन्सनटेटर , स्यानिटाईजर र माक्स वितरण, कोभिडको समयमा सडक नागरिकलाई भोजन प्रदान र रक्तदान जस्ता सामाजिक कार्यहरू गर्दै आएको छ । एक्सपर्ट फाउन्डेसन अष्ट्रेलियामा पनि कृयासिल रहेको छ । यस सस्थाले अष्ट्रेलियामा रहेका नेपाली विध्यार्थीलाई कोभिडमा राहत कुपन वितरण गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 10

प्रतिक्रिया (०)

सम्बन्धित खबर