Aamsanchar

आजको राशिफल-बि.स. २०७३ चैत ०८ गते । मंगलबार । ईश्वी सन् २०१७ मार्च २१ तारिख ।

Author Image
मङ्गलवार, चैत ८, २०७३

 

मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

सेवामुलक काममा मन जानेछ भने धार्मिक, शैक्षिक तथा तिर्थ यात्राको अधिक सम्भावना रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन अध्यापन तथा  खोज अनुशन्धानको क्षेत्रमा तपाईकै बर्चश्व रहनेछ ।

 

वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

व्यापार व्यवसायमा नाफा कमाउँन निकैनै समय खर्चनु पर्नेछ । रुपैया पैसाको जोहो गर्न नसक्दा हातमा आईसकेको कामहरु अरुकै पोल्टोमा जानेछ । आर्थिक ब्यबस्थापन ज्ञानको कमिले दैनिक कारोबार बिग्रन सक्छ ध्यान दिनहोला । घर परिवारमा विवाद बढ्ने तथा चेली माईती बिच मनमुटाब सिर्जना हुनेछ । माया प्रेममा धोका हुन सक्छ ख्याल गर्नुहोला ।

 

मिथुन राशि – Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

घर परिवार तथा आफन्तको साथ सहयोगले काममा उत्साह जाग्नेछ । मन मिल्ने साथी भेटिनुका साथै माया प्रेममा सुमधुरता बढेर जानेछ । पढाई लेखाईमा उल्लेख्य सुधार भएर जानेछ । रमाईलो तथा पारिवारिक यात्राको सम्भावना रहेको छ । व्यवसायमा भनेजस्तो नाफा कमाउँन सकिनेछ भने सुख दुखमा साथ दिनेहरु प्रशस्त भेटिने हुँदा मन प्रसन्न रहनेछ ।

 

कर्कट राशि – Cancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुँनेछ । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ ।

 

सिंह राशि – Leo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्तहरु खुशी हुनेछन् । आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । व्यापारबाट सोचेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेम प्रसंगमा रमाउँन चाहनेहरुका लागि दिन उत्तम रहेको छ ।

कन्या राशि – Virgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यवसायमा लगानी गर्दै हुनुहुन्छ भने केहि समय पर्खदा राम्रो हुँनेछ । कृषि पशुपालन तथा घर जग्गाको खरिद बिक्रिबाट केहि लाभ लिन सकिनेछ । पढाई लेखाई तपाई आफ्नै कारणले कमजोर हुनेछ भने अरु भन्दा पछि परिनेछ । शिक्षा क्षेत्रमा अग्रज ब्यक्तित्वहरुसँग सैद्धान्तिक राय बाजिन सक्छ । खानपानको तालमेल नमिल्दा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

 

 

तुला राशि – Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

उद्योग तथा व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउँन सकिनेछ । पराक्रम बढेर जानेछ । दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहयोग हुने हुँदा मन खुशी रहनेछ । छोटो दुरीको यात्रा तय हुनेछ । माया प्रेमको गाँठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियाली छाउँनेछ । बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ ।

 

वृश्चिक राशि – Scorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बोलीको प्रभाव बढ्ने हुँनाले बोलेरै धन तथा सम्पति कमाउँन सकिनेछ । व्यापार व्यवसायमा आम्दानी बढ्नेछ भने होटल तथा रेष्टुरामा गरेको लगानीबाट भनेजस्तो नाफा कमाउँन सकिनेछ । पढाई लेखाई सुधार भएर जाने हुँनाले अरुलाई पछिनै छोड्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा मायालुसँग मिठा मिठा परिकारका साथ दिन कटाउँन पाउदा मन खुशी रहनेछ ।

 

धनु राशि – Sagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

सिर्जनात्मक काम गरेर आम्दानीका स्रोत बढाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलेकै भरमा कामहरु बन्नेछन् । तपाईबाट राम्रा काम हुँने हुँनाले आफन्त तथा साथीभाईहरु खुशी हुँनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्ठान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुशी रहनेछन् ।

 

मकर राशि – Capricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । तयारी बिनानै प्रस्तुत गरिने योजना बिफल हुन सक्छ ध्यान दिनुहोला । बैदेशिक यात्राको प्रवल सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुँनाले रुपैया पैसाको व्यवस्थापन गर्न गाह्रो हुँनेछ । आफन्त तथा परिवारबाट अप्रिय तथा दुखद समाचार सुनिने हुँदा मनमा खिन्नता पैदा हुँनेछ ।


कुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

याँ कामहरु गरेर आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । बिद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाईमा मन जानेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाममुखि काम गर्न सकिनेछ । सरकारी सम्पति तथा पृत्रिक सम्पति हात लागि हुँने प्रशस्त सम्भावना रहेको छ ।

 

मीन राशि – Pisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

नयाँ काम पाउँने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । सम्मानित काम गरि सबैको मन जित्न सकिनेछ । पढाई लेखाईमा अरुलाई धेरै पछाडि छोड्न सकिनेछ । व्यापार व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ । साथीभाई तथा शुभचिन्तकहरुको साथ तथा समर्थन रहने हुँनाले दैनिक कामहरु गर्न सहज हुँनेछ । माया प्रेम गर्ने जोडीहरुका लागि दिन उत्तम रहेको छ ।- nepaliheadlines.com

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर