Aamsanchar

रुपन्देहीको देवदहमा बस पल्टियाे

Author Image
शुक्रवार, मंसिर १, २०८०

बुटवल – रुपन्देहीको देवदह नगरपालिका -९ स्थित भलुहीमा बिहीबार राती बस पल्टिदा २० जना यात्रु घाइते भएका छन् । राती पौने १२ बजे दाङदेखि काठमाडौं जाँदै गरेको बा.प्र.०३–००१ नम्बरको बस पल्टिदा २० जना यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ । बसमा ३८ जना यात्रु सवार थिए । चालक प्रहरीको नियन्त्रणमा छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर