Aamsanchar

केबुलकारलाई यातायातको रूपमा प्रयोग गर्न आवश्यक रहेको कुलमान घिसिङकाे भनाइ

Author Image
आइतवार, मंसिर ३, २०८०

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई यातायातको रूपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन्।

लुम्बिनी केबुलकारको भ्रमणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले केबुलकारलाई पर्यटनको हिसाबले मात्रै नभई यातायातको हिसाबले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताए। उनले नेपालमा सडक बनाएर डाँडामा पुग्नुभन्दा केबुलकार बनाएर त्यहाँको प्रवर्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको बताए।

उनले केबुलकारहरूले नेपालको अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवर्धन गर्न र विद्युत खपत बढाउने काम गरेको बताए। उनले नेपालको भौगोलिक अवस्था बुझेर केबुलकारको संख्या अझै बढ्नुपर्ने बताए।

उनले भने, ‘नेपालको भौगोलिक अवस्था हेरेर धेरै केबुलकार बढ्नुपर्छ। यस्तै केबुलकारले हाम्रो विद्युतीय खपत बढ्ने हो। यसबाट आर्थिक गतिविधि बढ्छन्। केबुलकारलाई यातायातको हिसाबले पनि प्रयोग गरौँ।’

त्यसैगरी लुम्बिनी केबुलकारका अप्रेशन म्यानेजर डिएन कायस्थले दशैँ तिहारको बीचदेखि अहिलेसम्म पर्यटकको भीड रहेको बताए। उनले आफूहरूले अपेक्षा गरेअनुसारकै पर्यटकहरू आएकोमा खुशी व्यक्त गरे। उनले लुम्बिनी केबुलकारको टिकट महँगो नभएको बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर