

झापा- झापाको कमल गाउँपालिका –३ स्थित कमल खोलाको पुलमा मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । ६५ बर्षीय एक बृद्धको ठक्करले मृत्यु भएको हो ।

शनिवार राति ८ बजे पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको प्र १–०१–०१४ प ९६७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँका ६५ बर्षीय कृष्णबहादुर गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते गिरीको उपचारका लागि विएण्डसी अस्पताल विर्तामोड पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । ठक्कर दिने सवारीसहित चालकलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Views: 123

