Aamsanchar

भारतले अस्ट्रेलियालाई दियाे २ सय ४१ रनको लक्ष्य

Author Image
आइतवार, मंसिर ३, २०८०

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ को फाइनलमा भारतले अस्ट्रेलियालाई २ सय ४१ रनको लक्ष्य दिएको छ ।

हैदराबादमा टस हारेर ब्याटिङको निम्तो पाएको भारत निर्धारित ५० ओभरमा २ सय ४० रन बनाउँदा अलआउट भयो । भारतका केएल राहुलले सर्वाधिक ६६ रन बनाए । यस्तै विराट कोहली ५४ र कप्तान रोहित शर्माले ४७ रन जोडे । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा जोश हेजलवूड र कप्तान प्याट कमिन्सले समान २ विकेट लिए ।

भारत न्युजिल्यान्डलाई हराउँदै फाइनलमा पुगेको हो । यस्तै अस्ट्रेलिया दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेको हो । अस्ट्रेलियाले ५ पटक उपाधि जितेको छ भने भारतले २ पटक उपाधि जितेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर