Aamsanchar

ब्रोइलरलाई तातो दिन बालेको कोइलाबाट आगो सल्किँदा एक घर जलेर नष्ट, बालिका घाइते

Author Image
सोमवार, मंसिर ४, २०८०

खोटाङ – ब्रोइलर कुखुराको चल्लालाई तातो दिन बालेको कोइलाबाट आगो सल्किँदा खोटाङमा एक घर जलेको छ । केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका किशोर दुमी राईको घरमा आगलागी भएको हो।

घरमा आगो लागेपछि भाग्न खोज्दा उहाँकी भान्जी १५ वर्षीया सरिता तामाङ घाइते भएकी छन् । उनलाई उपचारका लागि काठमाण्डौ पठाइएको प्रहरीले जनाएको छ।

आगलागीबाट तीन तले घरसँगै घरमा राखिएको दुई तोला सुन, चार तोला चाँदी, ब्रोइलर कुखुराको १५ वटा चल्ला, अन्नपात, भाँडावर्तन, काठपात, लत्ताकपडालगायत जलेर नष्ट हुँदा झन्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।

घरकै एउटा कोठामा राखेर चल्लालाई तातो दिने क्रममा आगलागी शुरु भएको थियो । इलाका प्रहरी कार्यालय बाक्सिलाका प्रहरी नायब निरीक्षकको कमाण्डामा खटिएको प्रहरी र स्थानीयबासीले गएराति दुई आगो निभाएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 112

प्रतिक्रिया (०)

सम्बन्धित खबर