Aamsanchar

पार्किङबाटै माेटरसाइकल चाेर्ने दुई जना पक्राउ

Author Image
मङ्गलवार, मंसिर ५, २०८०

काठमाडौँ – मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार काठमाडौँ महानगरपालिका २२ स्थित गणबहालबाट ट्राफिक प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

चितवनको इच्छाकामना गाउँपालिका ४ घर भई काठमाडौँको न्युरोड बस्दै आएका २३ वर्षीय टेक बहादुर मगर र सिन्धुलीको दुधौली नगरपालिका २ घर भई काठमाडौँकै शंकटा बस्ने २२ वर्षीय रोहित तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बागमती प्रदेश ०२-०३१ प ३९२९ नम्बरको मोटरसाइकल काठमाडौँ महानगरपालिका १६ म्हेपीस्थित पार्किङबाट गत कार्तिक २४ गते हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्त भएको थियो ।

वास्तविक नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०३१ प ९२ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले मोटरसाइकलसहित चोरीमा संलग्न २ जनालाई मंगलबार नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर