Aamsanchar

नेपाल वायुसेवा निगमका कर्मचारीकाे धर्ना ८ औँ दिनपनि जारी

Author Image
बुधवार, मंसिर २७, २०८०

काठमाडौं – नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको बिरुद्धको धर्ना ८ औँ दिनपनि जारी छ।

नागरिक उड्यन प्राधिकरणद्वारा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ खोस्ने निर्णयको विरुद्ध संयुक्त ट्रेड युनियन संघर्ष समितिले धर्ना तथा बिरोधको कार्यक्रम जारी राखेको हो।

बुधवार पनि समितिले धर्नालाई यथावत राखेको हो। नागरिक उड्ययन प्राधिकरणको सो निर्णय फिर्ता नहुञ्जेलसम्म विरोधका कार्यक्रम जारी रहने संघर्ष समितिले जनाएको छ।

धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल वायुसेवा निगम कर्मचारी युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष डा। ऋषिकेश पन्थीले निजी हवाईजहाजसँग कमिसन खाएर राष्ट्रिय ध्वजावाहक जहाजलाई कमजोर बनाउन नहुने बताए।

उनले नेपाल वायुसेवा निगमले कमाएको पैसा मुलुकभित्रै परिचालन हुने र पुँजी पलायन नहुने भन्दै यसले अर्थतन्त्रको विकासमा सघाउ पुर्‍याउने बताए। उनले आफूहरुले पुँजी पलायन रोक्नका लागि आन्दोलन गर्नुपरेको बताए।

उनले आफूहरुको आन्दोलन राष्ट्रियताको आन्दोलन भएको पनि उल्लेख गरे। उनले भने ‘निजी हवाईजहाज सबैसँग कमिसन खाने अनि राष्ट्रिय ध्वजावाहकलाई कमजोर बनाउन पाइन्छ रु पाइँदैन। यो नागरिकको संस्था हो। आज हामीले कमाएको पैसा यो मुलुकभित्र परिचालन हुने हो। अर्थतन्त्र विदेशी पुँजी पलायन हुँदैन। हामीले कमाएको पैसा यो मुलुकको समृद्धिमा लगानी गर्ने हो। यो मुलुकको विकास निर्माणमा लगानी गर्ने हो। नागरिकलाई सुविधा दिन लगानी गर्ने हो। त्यसैले यो पुँजि पलायन रोक्नका लागि पनि आन्दोलन हो।`

उनले आफूहरु विगत ८ दिनदेखि आन्दोलित हुँदा पनि विभागीय मन्त्रीले कुनै चासो नदेखाएको बताए। उनले आफूहरुको माग सम्बोधनका लागि सरकार र विभागीय मन्त्री जिम्मेवार नबनेको भन्दै निरन्तर आन्दोलनमा जाने बताए।

Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर