Aamsanchar

झापा : नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा बन्धुप्रसाद बास्तोला आउने

Author Image
शुक्रवार, मंसिर २९, २०८०

झापा- झापाको नयाँ प्रमुख जिल्ला अधिकारीको रुपमा बन्धुप्रसाद बास्तोला आउने भएका छन् । जिल्ला प्रशासन कार्यालय पाल्पामा कार्यरत सीडीओ बन्धुप्रसाद बास्तोलालाई झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको हो ।

गृह मन्त्रालयले १६ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ) र एक महानिर्देशकको सरूवा गरेको छ । अन्य ८ जना सहसचिवको पदस्थापन गरेको छ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै शुक्रबार सीडीओ, महानिर्देशक र सहसचिवको पदस्थापना तथा सरूवा गरेका हुन् । कपिलवस्तुका शंकरहरि आचार्य सुर्खेतको प्रमुख जिल्ला अधिकारी बनेका छन् । सुर्खेतका नारायणप्रसाद सापकोटा भोजपुर सरूवा गरीएकाे छ ।

त्यस्तै, भोजपुरका हरिप्रसाद घिमिरेलाई उदयपुरमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । उदयपुरका जनार्दन गौतम तनहुँको प्रमुख जिल्ला अधिकारीका रुपमा सरूवा भएका छन्।गृह मन्त्रालयमा कार्यरत सहसचिव आनन्द काफ्लेको जिल्ला प्रशासन कार्यालय पाल्पामा पदस्थापना भएको छ। यस्तै, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक झक्कप्रसाद आचार्य जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सरूवा भएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 194

प्रतिक्रिया (०)