Aamsanchar

तेह्रथुम आएर ओलीले भने : पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा पर्याे

Author Image
शुक्रवार, मंसिर २९, २०८०

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको बताउनुभएको छ ।

पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ अन्तर्गत आज शुक्रवार तेह्रथुममा आयोजित सभामा अध्यक्ष ओलीले नेपाल मूलतः पहाडी देश भए पनि यसको उचित सदुपयोग हुन नसकेको बताउनुभयो । उहाँले कृषिको आधुनिकीकरण, व्यवसायिकीकरण, वैज्ञानिक ढङ्गले आधुनिक प्रविधिको प्रयोग गरेर खेती गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘वास्तवमा नेपाल मूलतः पहाडी देश हो । आधाभन्दा बढी जनसङ्ख्या भएको पहाड, भूभाग पनि प्रशस्त भएको पहाड तर त्यसको सदुपयोग गर्न नसकेर हामी गरिबीको मारमा परेका छौँ । कृषिको आधुनिकीकरण गर्न, व्यवसायिकीकरण गर्न जरुरी छ । वैज्ञानिक ढङ्गले आधुनिक प्रविधिको प्रयोग गरेर खेती किसानी गर्न जरुरी छ ।’

अध्यक्ष ओलीले देशलाई समृद्ध र सुखी बनाउन नेकपा एमालेले प्रयत्न र प्रयास गरिरहेको जिकिर पनि गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर