Aamsanchar

प्याष्टिकमा सालनालसहितको भ्रुण बाेकेर हिड्ने भारतीय नागरिक पक्राउ

Author Image
सोमवार, पौष २, २०८०

सर्लाही-सर्लाही सदरमुकाम मलङ्गवामा प्याष्टिकमा भ्रुण बोकेर हिँडेका एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नेपाल–भारत सीमा दशगजा नजिक मलङ्गवा नगरपालिका–८, झिलमिलिया मन्दिर छेउबाट गर्भपतन गराएर भ्रुण फाल्न हिँडेका भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत बिहार शिवहर नारायणपुर– ३ बस्ने ३२ वर्षीय हरिशचन्द्र कुमार सुँढी रहेका छन् ।

प्रहरी टोलीले शङ्का लागेर खानतलासी लिँदा सुँढीले बोकेको कालो प्लाष्टिकको पोका खोलेर हेर्दा सालनालसहितको भ्रुण फेला परेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।

सुँढीलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक ९डीएसपी० दीपेन्द्र पन्जियार थारुले जानकारी दिनुभयो ।

डीएसपी थारुका अनुसार सुँढीले उक्त भ्रुण कस्को हो ?भनी बोलेका छैनन् । भ्रुण पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । सदरमुकाम मलङ्गवाका अवैध क्लिनिकले लिङ्ग पहिचानपछि छ्यापछ्याप्ती गर्भपतन गराइदिने गरेका छन् ।

केही साताअघि मलङ्गवामै फोहोरको थुप्रोमा मृत जुम्ल्याह नवजात शिशु फेला परेका थिए । ती शिशु कस्ले फालेका हुन् रु भन्ने अझै खुल्न सकेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर