Aamsanchar

नेपाली बजारमा आज सुनको भाउ

Author Image
बुधवार, पौष ४, २०८०

काठमाडौं – नेपाली बजारमा आज सुनको भाउ तोलाको एक हजारले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ कायम छ। यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम छ।

हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ४५० रुपैयाँ कायम थियो।

यस्तै, आज चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँले बढेको छ। आज चाँदी तोलामा १४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२