Aamsanchar

झापामा फुटबल प्रतियोगिता हुँदै

Author Image
मङ्गलवार, चैत १५, २०७३

दमक,

झापाको लखनपुरमा यही चैत्र २५ गते देखि २ गते सम्म पूर्वञ्चलस्तरिय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

स्थानीय नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानले प्रतियोगिताको आयोजना गर्न लागेको हो । मोफसलमा रहेका खेलाडीको क्षमतालाई प्रोत्साहित गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको प्रतिष्ठानका सचिव विष्णु आङ्देम्बले बताउनुभयो ।

प्रतिष्ठानले  दमकमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा पूर्वाञ्चलमा रहेको सैनिक स्पोर्टिङ्ग क्लब, लखनपुर ११, काँकडभिट्टा फुटबल ट्रेनिंग सेन्टर, उर्लावारी फुटबल क्लब, प्रहरी तालिम केन्द्र रानी, शसस्त्र प्रहरी विभागीय टिम लखनपुर, शरणामती फुटबल क्लब झापा, विर्तामोड युनाईटेड क्लब सहित ८ टिमले सहभागिता जनाउने प्रतिष्ठानका अध्यक्ष गणेश आङ्देम्बले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार १ सय ११, दोश्रो हुनेले नगद ५० हजार १ सय ११ रुपैँया नगद ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्ता प्रतियोगिताले मोफसलमा बसेर संघर्ष गरि रहेका खेलाडीको प्रतिभालाई चिनाउन मद्दत गर्ने वरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले मामाले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर