

काठमाडौं – फुटबल इतिहासमा उत्कृष्ट खेलाडीमध्ये एक मानिने फुटबल आइकन फ्रान्ज बेकेनबाउरको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा निधन भएको जर्मन फुटबल महासंघ ९डीएफबी०ले जनाएको छ । उनको मृत्युको कारण खुलेको छैन ।

बेकेनबाउरले पश्चिम जर्मनीलाई दुई विश्वकप जिताउन नेतृत्व गरेका थिए । पहिलो १९७४ मा खेलाडीको रूपमा र १९९० मा मुख्य प्रशिक्षकको रूपमा टिमको नेतृत्व गरेका सीएनएनले जनाएको छ ।
Views: 99

