काठमाडौंः
एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा बंगलादेशले नेपालसामू २५८ रनको चुनौती प्रस्तुत गरेको छ। कक्स बजारस्थित शेखकमल स्टेडियममा टस हारेर पहिले व्याटिङको निम्तो पाएको घरेलु टोली बंगलादेशले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५७ रन बनाएको हो।
नेपालका लागि अविनाश कर्ण सर्वाधिक तीन विकेट लिए। यस्तै सन्दिप लामिछानेले दुई तथा कप्तान ज्ञानेन्द्र मल्ल र मेहेबुब आलमले समान एक–एक विकेट लिएका थिए। नेपालले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ।
बंगलादेशका लागि नासिर हुसेनले अविजित रहँदै सर्वाधिक १०९ रन जोडे ११५ बलको समाना गरेका हुसेनले १२ चौका र २ छक्का प्रहार गरे । त्यसैगरी कप्तान मोमिनुल हाक्यूले ६१ रन जोडे भने अबुल हसनले २९ रन जोडे ।
एक रन बनाउँदा पहिलो विकेट गुमाएको बंगलादेशले ४२.२ ओभरमा १७५ रन बनाउँनदा ८ विकेट गुमाएको थियो नासिर हुसेन र अबुल हसनले नवौं विकेटका लागि ७६ रनको साझेदारी गरेपछि बंगलादेश ठूलो स्कोर खडा गर्न सफल भएको हो ।