बिर्तामोड । ‘द भोइस किड्स नेपाल’ पहिलो सिजनकी विजेता अनुजा कडरियाले एकल गायन प्रस्तुत गर्ने भएकी छन । यही पुष २९ गते बिर्तामोड रामचोक स्थित हिमाल सागर पार्टी प्यालेसमा आयोजना हुने साँगीतिक साँझमा बाल गायिका कडरियाले एकल गायन प्रस्तुत गर्ने हिजो बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अनुजाका बुवा कुमार कडरियाले बताए ।

सरगम सङ्गीतालयको आयोजनामा आयोजना गर्न लागिएको यो कार्यक्रम सरगम सङ्गीतालयको हरेक महिना १ दिन मञ्चमा संगीत भन्ने अभियान अन्तरगतको पहिलो कार्यक्रममा अनुजाले गाउने भएकी हुन्। बिर्तामोड–१ रामचोक निवासी ११ वर्षीया अनुजा दुई वर्ष अघि सरगम संगीतालय कै विद्यार्थी रहेको वेला द भोइस किड्स नेपाल बनेकी थिइन ।

सरगममा संगीत सिक्नेहरूलाई अभिभावक र नागरिक समाजहरू सँग प्रत्यक्ष रुपमा उभियाएर गीत गाउन लगाउँदा विद्यार्थीहरूमाझ धक हराएउदै जाने र राम्रो सँग गीत तथा वाद्यवादन बनाउन सक्ने भएकाले हरेक महिना एक दिन सार्वजनिक रुपमा साँगीतिक कार्यक्रमको सुरुवात गर्न लागेको सरगमका सञ्चालक तथा संगीत प्रशिक्षक दीपक रायमाझीले बताए ।

निशुल्क प्रवेशको व्यवस्था मिलाएको साँगीतिक कार्यक्रममा आफूले १६ वटा गीत गाउने अनुजाले बताएकी छन् । अनुजाले गाउने गीतका लागि विमल बुढाथोकीको समूहले प्रत्यक्ष रुपमा वाद्यवादन बजाउने आयोजकले जनाएको छ ।



