Aamsanchar

सुनको मूल्य

Author Image
शुक्रवार, पौष २७, २०८०

काठमाडौं- स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन सुनको मूल्य तोलामा एक लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ । आज चाँदी तोलाको एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२