Aamsanchar

चन्द्रागिरीमा भएको जिप दुर्घटनामा एकै परिवारका चार जनाकाे मृ*त्यु

Author Image
शनिवार, पौष २८, २०८०

काठमाडौं – काठमाडौंको चन्द्रागिरी नगरपालिकामा शनिबार भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको परिचय खुलेको छ।

उनीहरू सबै एकै परिवारका हुन्। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका ३० बस्ने ६७ वर्षीय ओमकार निधि तिवारी, उनकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, काठमाडौं महानगरपालिका २ लाजिम्पाट बस्ने तिवारी दम्पतीका ज्वाईं ३८ वर्षीय डा.महेशकुमार गौतम र उनका छोरा ४ वर्षीया प्रियान्स गौतमको मृत्यु भएको हो।

जिपका चालक डा.गौतम बालरोग विशेषज्ञ हुन्। डा। गौतमकी श्रीमती डा। सृष्टि तिवारी गौतम सकुशल छिन् भने उनको ६ वर्षकी छोरी स्मारिका गौतमको अवस्था गम्भीर रहेको छ।

उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगोलले जानकारी दिए। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

६ जना सवार प्र.३-०१-२३ च ६९८५ नम्बरको जिप शनिबार दिउँसो २ बजे दुर्घटनामा परेको हो । काठमाडौंबाट चित्लाङ जाँदै गर्दा चन्द्रागिरि नगरपालिका ४ पानीघाटभन्दा माथि हिमचुली सेतो पहरा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर