

सप्तरी – सप्तरीमा घुर ताप्ने क्रममा आगोले जलेर एक महिलाको ज्यान गएको छ ।

सप्तरीको तिरहुत गाउँपालिका-५ मुसहरी टोलकी ३५ वर्षीया सोनिलादेवी सदाको हिजो जलेर ज्यान गएको हो ।

लुगामा आगो सल्किएपछि घाइते भएकी उहाँको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा ज्यान गएको हो ।

Views: 95

