

काठमाडौं – नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा ६०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन तोलामा एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन भने तोलामा एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ। यसदिन चाँदी तोलामा एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Views: 170


