Aamsanchar

एक रुपैयाँ घट्याे पेट्रोल, डिजेल र मट्टितेलको भाउ

Author Image
सोमवार, माघ १, २०८०

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साबिकको मूल्यमा १ रुपैयाँ घटाएको छ।

भारतबाट पेट्रोल प्रतिलिटर १.२६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर ०.८३ रुपैयाँ घटेर आएकाले सोही आधारमा मूल्य समायोजन गरी १ रुपैयाँ घटाइएको निगमले जनाएको छ।

प्राप्त विवरण अनुसार पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १६३.५० रुपैयाँ, दोश्रो वर्गका लागि प्रति लिटर १६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १६६ रुपैयाँ कायम भएको छ।

त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १५३.५० रुपैयाँ, दोश्रो वर्गकालागि प्रति लिटर १५५ रुपैयाँ र तेश्रो वर्गकालागि प्रतिलिटर १५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ।

उक्त मूल्य आज राति १ बजेदेखि लागू हुने छ।

Views: 103

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२