Aamsanchar

सुनचाँदीको भाउ आज

Author Image
बुधवार, माघ ३, २०८०

काठमाण्डौ – सुनचाँदीको भाउ आज घटेको छ । तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको १ लाख १८ हजार २ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १९ हजार ४ सय रुपैयाँ थियो ।

आज चाँदी भने तोलामा १५ रुपैयाँले घटेको छ । हिजो तोलाको १ हजार ४ सय १५ रुपैयाँ रहेको चाँदी आज भाउ घटेर तोलाको १ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२