

काठमाण्डौ – एएफसी एसियन कप फुटबलमा उज्वेकिस्तानले भारतलाई हराएको छ ।

कतारको अहमेद बीन अलि स्टेडियममा गएराति भएको समूह बी को खेलमा उज्वेकिस्तानले भारतलाई ३–० गोलले हराएको हो।

जारी प्रतियोगितामा भारतको यो दास्रो हार हो । पहिलो खेलमा अस्ट्रेलियासँग भारत २–० गोलले हारेको थियो ।

यसअघि हिजै भएको समूह बी को अर्को खेलमा अस्ट्रेलियाले सिरियालाई १–० गोलले हराएको थियो । योसँगै अस्ट्रेलिया एसिया कप फुटबलको अन्तिम १६ मा परेको छ । गएराति भएको समूह ुसीु को खेलमा भने प्यालेस्टाइन र युनाइटेड अरब इमिरेट्स, यूएईले १–१ गोलको बराबरी खेलेका छन् ।
Views: 67

